कोरोना महामारीका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर समितिले सुरु गरेको ’तातो भात अभियान’लाई प्रशासनले अंकुश लगाएको छ । कोभिडका विरामी तथा तिनका कुरुवाहरु खान नपाएर भोकभोकै मर्ने स्थिति देखेपछि विवेकशील साझा पार्टीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ का कोभिड बिरामी र कुरुवालाई निःशुल्क रुपमा तातो भात खुवाउँदै आएको थियो । गत आईतबारदेखि शुरु भएको सो अभियान शुक्रबारसम्म जारी रहेपनि शनिबारदेखि प्रशासनले खाना खुवाउन रोक लगाएको सो पार्टीले जनाएको छ ।
यसैबीच, स्वच्छ मनले भोका पेटहरूलाई निःशुल्क खाना वितरण गर्दा प्रशासनले भाँजो हालेको भन्दै विवेकशील साझा पार्टीे विज्ञप्तीमार्फत खेद व्यक्त गरेको छ । महामारीका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएरै आम नागरिकका निम्ति पार्टीले सञ्चालन गरेको यो पुण्य काममा प्रशासन बाधक हुनु आश्चर्यजनक भएको विज्ञप्तीमा जनाइएको छ । पार्टीले अभियानलाई निरन्तरता दिने मन हुँदाहुँदैपनि प्रशासनकै कारण अभियान रोक्नुपरेको भन्दै दुःख व्यक्त गरेको छ ।
पार्टीले प्रशासनको अनुमति लिएर पछि पुनः अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै अहिलेसम्म भएको खर्च र आर्थिक संकलनको पारदर्शी ढंगले हिसाबकिताब सार्वजनिक गर्नेपनि सो पार्टीले जनाएको छ । र उसले सहयोग गर्ने सबैमा आभारसमेत व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






