पोखरा लेडी जेसीसद्वारा मिनी अक्सिजन बैकको लागि ४६ हजार ५ सय सहयोग


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




रोटरीको पहलमा पोखराको मणिपाल शिक्षण अस्पतालमा स्थापना गर्न लागिएको नोभल कोरोना भाइरस कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि पोखरा लेडी जेसीसले आर्थिक सहयोग गरेको छ । पोखरका सात वटा रोटरी क्लब र प्रदेश नं ४ का रोट्याक क्लबहरुको संयोजनमा “जीवन को आशा“ भन्ने नारासहित स्थापना गर्न लागिएको कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि लेडी लेजिसले ४६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम आर्थिक संकलन संयोजक जेसी बिनिता सुबेदीले गरेकी थिईन् । मानवताको सेवामा सदैव तत्परताका साथ लाग्नु पर्ने बेला आएमा सधै एक कदम अगाडी रहेर सहयोग गर्दै आएको र आगामी दिनमा पनि लेडी जेसिसले सहयोग गर्ने क्लबका अध्यक्ष बिनीता सापकोटाले जानकारी बताईन् । उनले संकटको यस घडीमा सबैलाई घरमानै सुरक्षीत र सचेत भएर बस्न र मानबीय सेवामा सकेको सहयेग गर्न पोखरेलीहरुलाई अपिल गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।