तनहुँ उद्योग वाणिज्य संघको आपतकालिन कोषमा १० लाख संकलन


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

तनहुँ उद्योग वाणिज्य संघले थालेको सहयोग संकलन अभियानअन्र्तगत १० लाख रुपैयाँ संकलन भएको छ।

संघले थालेको अभियानअन्र्तगत जिल्लाका व्यवसायी तथा देश विदेशका सुभेच्छुकबाट रकम संकलन गरिएको हो।

संघले संकलित रकमबाट आफ्ना एकाईमार्फत सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उद्योग वाणिज्य संघले जनाएको छ।

कोभिड संकटका बेला खटिएका आपतकालिन क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले सहयोग संकलन अभियान संचालन गरेको थियो।

अक्सिजनसहित साढे २ लाखको सामान खरिद

संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर दमौली अस्पताल तथा जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई दिंदैछ ।

यसैगरी, शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको कालीभञ्जन गणलाई पनि सहयोग गर्ने संघले जनाएको छ। हालसम्म संघले करिब साढे २ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ। बाँकी रकमबाट पनि आवश्यकताअनुसार सहयोग गर्ने संघले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।