व्यासको पीसीआर प्रयोगशालाका लागि अर्थबाट २५ लाख विनियोजन


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित




व्यास नगरपालिकाको नेतृत्वमा संचालन हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि अर्थ मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको छ।

अर्थ मन्त्रालयले सोमबार रकमान्तर गरेर विभिन्न स्वास्थ्य संस्थालाई रकम पठाएको हो।
केही दिन अघि डिसिसिएमसी बैठकमा प्रतिवद्धता अनुरुप अर्थ मन्त्रालयबाट रकम विनियोजन भएको हो।

ल्याबका लागि सघाउन व्यास नगरपालिकाले सामाजिक संघ संस्था तथा सुभेच्छुक सबैसँग अपिल गरेको छ । अन्य तहहरुले पनि यसमा सघाउने प्रतिवद्धता जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।