अबदेखि पत्रकारको निःशुल्क उपचार


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

सरकारले पत्रकारलाई निःशुल्क उपचार गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषणमार्फत पत्रकारलाई निःशुल्क उपचार गर्ने जनाएको हो । बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई निःशुल्क उपचार गर्ने ब्यबस्था गरिने उल्लेख गरे ।

पत्रकारको उपचार निःशुल्क गरिने भएपनि सबै अस्पतालमा भने नभएको सरकारको बजेट वक्तव्यमा उल्लेख छ । सरकारले सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गर्ने ब्यबस्था गरिने जनाएको हो ।

सरकारले दुर्घटना विमामा ५० प्रतिशत बेहोर्नपनि जनाएको छ । सरकारले बजेटमार्फत हरेक पत्रकारको ७ लाखसम्मको दुर्घटना विमा गर्ने र त्यसको आधा रकम सरकारले बेहोर्ने जनाएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।