स्याङ्जा । नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका छन् ।
उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् ।
चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताए ।
पुतलीबजार नगरपालिका–३ बाडखोलाका अनन्तकुमार श्रेष्ठले जिल्लामा कागती खेतीको विस्तार कार्यक्रमले किसानले यसबाट राम्रो आम्दानी लिन सक्ने बताए ।
बजेटमा वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रुपमा अगाडि बढाउने उल्लेख भएकामा पनि स्थानीयबासी खुशी भएका छन् ।
वालिङ–१० का स्थानीय बासिन्दा एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य सङ्घ अध्यक्ष शोभाकान्त पौडेलले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







