फाइल फोटो
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार) बस्दैछ।
जेष्ठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो।
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। त्यसको लगतै बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो।
प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाइएको हो। मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्ती भएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







