कोरोना हटस्पट बन्दै गरेको सिक्लेसलाई केसी ग्रुपको सहयोग


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




पोखरा पोखराको प्रशिद्ध व्यवसायिक घराना केसी ग्रुपले कोरोना नियन्त्रण रोकथामको लागि आफ्नो सक्रियता वढाएको छ । केहि दिन अगाडि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा निर्माण हुने अक्सिजन प्लान्टलाई २५ लाख रुपैयाँ सहयोग गरेको केसी ग्रुपले आफ्नो हाइड्रोपावर स्थल सिक्लेसको लागि सहयोग गरेको छ ।

मादी १ सिक्लेसमा पछिल्लो क्रममा १८ जनामा कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरको माग गरिरहदा केसी ग्रुपका निर्देशक किरण केसीले दुई थान अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराएका हुन् । ‘कोभिड संक्रमितहरु बढिरहेको र अक्सिजन अभावमा बिरामीहरुले ज्यान गुमाइरहेको अवस्थामा सिक्लेसमा त्यस्तो स्थिति आउन नदिन केसी ग्रुप तथा परिवारको तर्फबाट सहयोग गरिएको निर्देशक किरण केसीले बताए । मादी १ का कोरोना नियन्त्रण रोकथाम तथा वित्तीय व्यवस्थापन समितिका सचिव एवम युवा नेता देवीजंग गुरुङले केसी ग्रुपप्रति आभार व्यक्त गर्दै अक्सिजन सिलिन्डर जडानमा आवश्यक अन्य स्वास्थ्य सामाग्री स्थानीय युवा समाजसेवी लेख बहादुर गुरुङले प्रदान गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।