गण्डकी प्रदेश सभाको आठौं अधिवेशन शुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि शुरु भएको बजेट अधिवेशन वा बर्खे अधिवेशनको रुपमा लिइने आठौं अधिवेशनको शुभारम्भको अवसरमा दलका नेताहरुले सम्बोधन गरे ।
सभालाई सम्बोधन गर्दै विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरुले अल्पमतको सरकारले बजेट ल्याउन नपाउने भएकाले बजेटको नीति, सिद्धान्त माथि छलफल पनि नगर्न माग गरे । विश्वासको मत नलिई बजेटको नीति, सिद्धान्त माथिको छलफल नगर्न उनीहरुको माग थियो ।
तर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रतिनिधिका रुपमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात ब्यबस्था, उर्जा, जलश्रोत तथा खानेपानी, कानून, सञ्चार तथा प्रदेश सभा मन्त्री रामशरण बस्नेतले े विपक्षी गठबन्धनमा रहेका दलहरुले भनेझैं बजेटको नीति सिद्धान्तमाथिको छलफल नरोकिने बताए । असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता रहेको बताउँदै उनले भने,‘विस्वासको मत नलिई बजेटको नीति, सिद्धान्तमाथि छलफल नगर्न माग गरेको सुनियो, तर कसैले भन्दैमा छलफल रोकिदैन ।’ छलफल चल्दै जाने बताउँदै उनले थपे,‘त्यस बिचमा हामीले विस्वासको मत पायौं भने हामी ल्याउँछौं बजेट, होइन तपाईंहरुले बहुमत पु¥याउनु भयो भने तपाईंहरु ल्याउनुहोला ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






