गुगल फोटो
पोखरा । नेपाल बजार बिक्री प्रतिनिधि संघ, गण्डकी प्रदेश समिति पोखराले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि २५ हजार २५ रुपयाँ प्रदान गरेको छ ।
संघको २१ औं स्थापना दिवसका अवसरमा संघले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको संघका गण्डकी प्रदेश अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिए ।
कोभिड १९ कोरोना भाइरस महामारीका बेलामा अक्सिजनको अभावका कारण संक्रमितको उपचार अवरुद्ध भई असामयिक निधन भईरहेको अवस्थामा बतास फाउन्डेशनको समन्वयमा नागरिक स्तरबाट पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट स्थापनाका लागि संघले सानो रकम भएपनि सहयोग गरेको संघका गण्डकी प्रदेश सचिव सुरेश सापकोटाले बताए ।
अक्सिजन प्लान्ट स्थापनाका पोखराका समाजसेवी,व्यवसायी,उद्यमी,नागरिक समाज,सामाजिक संघ संस्थाहरू,सञ्चार प्रतिष्ठान लगायतको सहकार्यमा अक्सिजन प्लान्ट निर्माण को कार्य भईरहेको छ । बतास फाउन्डेशनले ‘एक सय सहयोग गरौँ जिवन बचाउने महाअभियान मा सहभागि बनौं ।’ भन्ने अपील जारी गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







