पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।
बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक डि एक्स एन परिवार पोखराद्वारा १ लाख ३८ हजार ८ सय २० रुपैया , कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ ,नागरिक समाज पोखराबाट रु ६० हजार ५५ ,रजनी कोइराला गणेशटोलबाट र २५ हजार ,हर्कलाल श्रेष्ठ सिटिईभिटिबाट रु ५ हजार र शिक्षासेवी उदयबहादुर अमात्यबाट रु ५ हजार प्राप्त भएको फाउन्डेसनले जनाएको छ ।
बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने र सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका प्रबक्ता नारायण पौडेलले जानकारी दिए । फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । परिश्थिति अनुकुल रहे अबको ३ हप्ता भित्रमा प्लान्ट आइपुग्ने अभियानका अध्यक्ष बतासले आशा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







