राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित




राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा २९परिवारलाई राहत वितरण ऋषिराम दाहाल पाेखरा राष्ट्रिय संगितकर्मि संघ कास्कीले२९घर दुरीलाई राहत वितरण गरेकाे छ।काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठ ले अाम नेपाली टिभी लाई जानकारी गराए। सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र याे पटक पनि लकडाउनकाे बेला सहयाेग गरेकाे कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए ।

राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने संस्था रहेको कास्की जिल्ला ईन्चार्ज लिला पाैडेलले बताए ।संगितकर्मि संघ कास्कीको राहत वितरणमा हाम्रो पनि समर्थन रहेको र यस संस्था सँग जाेडिएर कलाकार काे हकहितका लागि काम गर्ने तयार रहेकाे दाेहीरी ब्यबसाय संघ कास्कीका काेषाधक्ष जय कुमार परिवारले बताए ।राहत वितरण लकडाउन अबधि भर रहने र यसकाे सबै सुचना अाम नेपाली टिभीले दिने कार्यक्रम सहसंयाेजक राजन सुबेदीले बताएका छन। कार्यक्रममा सस्थाका सल्लाहकार फर्ष बहादुर भाट क्षेत्री, सल्लाहकार नारायण प्रसाद सिक्देल संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी महिला उपाध्यक्ष सपना सापकोटा गण्डकी प्रदेशका प्रवत्ता पुर्ण वाग्ले इतिहास काे सहभागीता रहेकाे थियोे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।