“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” अभियानबाट ११ सय बढीले लिए सेवा


     जमुना वर्षा शर्मा    
     जेठ २४ गते २०७८ मा प्रकाशित




कोरोना सङ्क्रमणका कारण जारी निषेषाज्ञाले समस्यामा परेका व्यक्तिहरुको गर्जो टार्ने लायन्स क्लब अफ पोखरा अभियानद्धारा शुरु गरिएको “हुनेले दिएर जाऊ नहुनेले लिएर जाऔ” अभियानको सातौंदिनसम्म ११ सय बढीले सेवा लिएका छन् ।


पोखराको विपी चोक स्थित चिप्लेढुंङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चना लगायत सामाग्री छन् । अहिलेको विषम परिस्थितीले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवा लगायतकालाई लक्षित गरि अभियान शुरु गरिएको पोखरा अभियानका संस्थापक अध्यक्ष विनोद ढुगांनाले जानकारी दिनुभयो । “हामीले जेठ १६ गतेदेखी अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ , अहिलेसम्म ११ सय १५ जनाले सेवा लिनुभएको छ ।” उहाँका अनुसार क्लबले राहत कोष मार्फत संकलित रकमबाट शुरुमा २० हजारबाट सो अभियान शुरु गरेको हो । अहिले लायन्स क्लबका सदस्य एवम् गैह्र सदस्यहरुले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् ।

हालसम्म करिब चारलाख बढीको राहत सामग्री वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।
विहान ६ बजेबाट ९ बजेसम्म सञ्चालन गरिएको सो अभियानमा दैनिका १३० देखि माथि १६५ सम्म खाद्या सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिनुभयो । “हामीले नाम टिपाउँछौ, सकेसम्म दिन दिनको लागि भनेर सामान लैजान भन्छौ, उहाँहरुले आफ्नो परिवारको सदस्य संख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ ।” त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उहाँको भनाइ छ ।

पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म सूचारु गरिने छ । (रासस)ः


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।