पोखरा । हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ ।
आज दिउँसो ४:३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए।
आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए।
मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४ बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् ।
हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पु¥याएको कृषकहरूको गुनासो छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरामा भारतीय नम्बरको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको…








