ट्राफिक प्रहरीलाई आयुर्वेद औषधी व्यवसायी संघले दियो स्वास्थ्य सामग्री


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कास्कीले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कोरोना माहामारीबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संघका सचिव पुष्पराज पौडेलले जानकारी दिए ।

संघले ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संघका कास्की अध्यक्ष पवन अधिकारीले बताए । श्रद्धा आयुर्वेद फर्मा, फेमिली ईन्टरप्राइजेज, कृपा आयुर्वेद, जनसमृद्धी आयुर्वेद, गुड हेल्थ आयुर्वेद, स्वीकृति आयुर्वेद, कुमकृष्ण आयुर्वेद, श्रेष्ठ ड्रग कन्सर्न र गौतम आयुर्वेदको सहयोगमा मास्क, सेनिटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।