टान पश्चिमाञ्चलद्वारा पदयात्रा मजदुरहरुलाई राहत वितरण


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



पोखरा । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले अति बिपन्न पदयात्रा गाईड तथा मजदुरहरुलाई राहत वितरण गरेको छ ।

टान पोखराले कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी, नेपाल पर्यटन बोर्डको सहयोग र पोखरा–६ को समन्वयमा १३० जना अति विपन्न पदयात्रा मजदुरहरु, गाईड तथा सहयोगीहरुका लागि खाद्यान्न राहत सामाग्री वितरण गरिएको टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा अध्यक्ष शुसीलराज पौडेलले जानकारी दिए ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै जारी गरिएको निषेधाज्ञाका कारण थप समस्यामा परेका उनीहरुलाई दैनिक उपभोग्य खाद्यान्न समाग्री वितरण गरिएको हो ।


पदयात्रा क्षेत्रमा कार्यरत उनीहरु कोरोना महामारीपछि बैकल्पिक दैनिक रोजगारी गरिरहेका थिए । अहिले एक महिना लामो दोस्रो लहरको निषेधाज्ञाका कारण वैकल्पिक रोजगारी समेत गुमाएर थप समस्यामा परेका उनीहरुलाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।


कार्यक्रममा पोखरा–६ का वडाध्यक्ष जगत बहादुर पहारी, पोखरा पर्यटन परीषदका अध्यक्ष गोपी बहादुर भटराई, टान पोखराका द्धितिय उपाध्यक्ष कृष्णपसाद आचार्य, टान पोखराका पुर्व अध्यक्ष टिकाराम सापकोटा ,सोम बहादुर थापा , आन्तरीक पर्यटन प्रर्वद्धन समीतीका संयोजक अग्नी कंडेल उपस्थिती रहेको थियो ।


नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सम्पन्न कार्यक्रममा यो यस्ता खालका कार्यक्रमले अल्पकालिन समस्याको समाधान गर्ने भएकाले दीर्घकालिन रुपमा पदयात्रामा आश्रित मजदुरको समस्या समाधान र पर्यटन जनशक्ति जोगाई राख्नका लागि तीनै तहका सरकारलाई उनीहरुको आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।