अक्सिजन प्लान्टका लागि सिद्धार्थ क्लवद्वारा रु १ लाख ५० हजार सहयोग


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



जेठ २६ पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका आर्थिक सहयोग गरेको छ ।

बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले १ लाख ५० हजार रुपैया सहयोग गरेकोे क्लवका व्यवस्थापन प्रमुख सुशिल पराजुलीले जानकारी दिए ।

बृहद अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी रहेको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए ।

बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए ।

समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ । समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने र सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका प्रबक्ता नारायण पौडेलले जानकारी दिए ।

फ्रान्सबाट अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । परिस्थितीअनुकुल रहे अबको ३ हप्ता भित्रमा प्लान्ट जडान भई अक्सिजन उत्पादन शुरु हुने अभियानका अध्यक्ष आनन्दराज बतास बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।