अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दा खेलाडीले १० हजार भत्ता पाउने


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



तस्बीरः गुगलबाट

अब, नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले हालै मात्र पारित गरेको नयाँ आर्थिक कार्यविधिमा उक्त कुरा उल्लेख छ।

क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो। दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो। कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको हो। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने छन्। यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीहरुले ५ हजार रुपैयाँ भत्ता पाउने गरेको थियो।

यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको ५ हजार र टी २० प्रतियोगितामा ३ हजार पाउनेछन्। खेलाडीले बन्द प्रशिक्षणमा दैनिक ५ सय रुपैयाँ भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ। घरेलु प्रतियोगिता हुँदा खेलाडीले ५ सय रुपैयाँ भत्ता पाउने क्यानले जनाएको छ।

क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा ३ सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो। समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।