‘तमु धिं यूकेद्वारा पश्चिमान्चल क्षे.अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख सहयोग हस्तान्तरण’


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित




पोखरा । तमु धिं यूकेले बतास फाउन्डेशनको नेतृत्व तथा एभरेस्ट एफ.एम.को संचार सहकार्यको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अर्थ संकलन महाअभियानमा १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । तमु धिं यूकेका नेपाल संयोजक मे.लक्ष्मिप्रसाद गुरुड.ले अक्सिजन प्लान्ट निर्माण समितिका कोषाध्यक्ष नारायण पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।
पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा शनिबार तमु धिं यूकेको आयोजना र बतास फाउन्डेशनको समन्वयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश सरकारलाई २५ वटा अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीति ‘चोरलाई चौतारो साधुलाई शुलि’ भएको भन्दै कटाक्ष पनि गरे ।
पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा तमु धिं यूकेलाई धन्यवाद दिँदै सहयोग सदुपयोग हुने विश्वास दिलाए । कार्यक्रमको संयोजन तथा सञ्‍चालन तमु धिं यूकेका नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले गरेका थिए ।
कार्यक्रममा नेपालबाट सांसदहरु मिनप्रसाद गुरुङ, मनबहादुर गुरुङ, मिना गुरुङ, तमु धिं नेपाल र तमु धिं यूकेका पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मुछेत्र गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ, तमु धिं नेपालका अध्यक्ष एवं सञ्‍चारकर्मी हुमबहादुर गुरुङ लगायत पदाधिकारीहरु, विभिन्न संगठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
बेलायतबाट अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, महासचिव परशु गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ, तमुधिं सल्लाहकार मेजर रिटायर्ड कृष्ण गुरुङ, सल्लाहकार तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, पूर्वकोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार रोहित गुरुङ, तमु धिं आमा समूहकी महासचिव यशोधा गुरुङ लगायत प्रत्यक्ष जुम मार्फत जोडिएका थिए ।
तमु धिं युके नेपालमा मनकारि सामाजिक संस्थाको रुपमा स्थापित भएको छ । यसले पोखरा रंगशालाको पर्खाल निर्माण गर्दा होस् वा महाभुकम्पको बेला होस् दिल खोलेर सहयोग गर्दै आएको छ । गत बर्ष कोरोनाको पहिलो लहरको बेला पनि प।क्षे।अस्पताललाई स्वास्थ्य सामाग्रि, तमु कलाकारलाई आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कास्कीका ३०० पत्रकारकालागि कोरोना बिमा गर्न सहयोग गरेको थियो
यसैबिच अभियानका संयोजक आनन्दराज बतासले प्लान्ट आयातको लागि फ्रान्सको एक कम्पनि संग टेन्डर प्रक्रिया पूरा गरि खरिद सम्झौता भई एल।सि।समेत खोलिसकिएको जानकारि दिए । ‘अबको एक महिनामा प्लान्ट काठमाण्डौ आईपुग्छ । काठमाण्डौ झर्ने बित्तिकै पोखरा लैजाने ब्यबश्था मिलाइएको छ’ बतासले भने,’पोखरा पुर्याएको २ घण्टा भित्रमा उत्पादन हुनेछ ।’प्रति दिन ५०र५० वटा सिलिण्डर गरि दैनिक २०० सिलिण्डर भर्न सक्ने क्षमताको ४ वटा प्लान्ट ल्याइने योजना रहेको बतासले जानकारी दिए । बतासका अनुसार ग्लोबल आई।एम।ई।बैंकको बतास फाउन्डेसनको खाता नम्बर ६५०१०१००००४७७ मा अहिलेसम्म २ करोड ७८ लाख रुपैया मात्र जम्मा भएको छ । पछिल्लो पटक गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले आफ्नो प्रदेश सभाबाटप्राप्त हुने २ महिना बराबरको तलब सेवा सुबिधा करिब १ लाख १० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।