साङ्केतिक तस्विर
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि करीब ३० अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ५ अर्ब ६८ करोड १८ लाखले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ७२ करोड १२ लाखको बजेट ल्याएको थियो ।
सरकारले आगामी आर्थिक वर्षमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार विनियोजन गरेको छ भने वित्तिय ब्यबस्थापनतर्फ २४ करोड विनियोजन प्रस्ताव गरिएको छ । कुल बजेटमा पुँजीगततर्फ विनियोजित रकम ४३.५ प्रतिशत, चालु खर्चतर्फ ५५.७ प्रतिशत र वित्तिय ब्यबस्थापनतर्फ ०.८ प्रतिशत रहेको छ ।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रू ७ अर्ब ४२ करोड २८ लाख र सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख हुने उल्लेख छ । यसैगरी समपूरक अनुदान ८७ करोड ३६ लाख, विशेष अनुदान ५४ करोड ९० लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टी बापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख २७ हजार रहेको बजेटमा उल्लेख छ ।
सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेट ४ अर्ब १० करोड घाटा बजेट हो । सो घाटा बजेट चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको २ अर्ब १० करोडको मौज्दात रकमबाट पूर्ति गरिने मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । त्यस्तै बाँकी २ अर्ब घाटा बजेट आन्तरिक ऋणबाट १ अर्ब र एक अर्ब नेपाल सरकारबाट ऋण लिएर पूर्ति गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







