पोखरा । गण्डकी प्रदेश सरकारले यूवा पलायन रोक्नका लागि ‘सिप दक्षता र रोजगारी यूवा पलायन रोक्ने हाम्रो जिम्मेवारी’ कार्यक्रम अघि सारेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्ने क्रममा यूवाहरुका लागि लक्षित गर्दै यो कार्यक्रम ल्याइएको बताए ।
उनले यूवाहरुलाई स्वरोजगार र व्यवसायीक बनाउनका लागि आवश्यक बजेटको व्यवस्था गरेको पनि उल्लेख गरे ।
यो कार्यक्रममार्फत सामूहिकरुपमा उद्यम गर्न चाहाने यूवाहरुलाई प्रोत्सहान गर्न प्रदेश सरकार र यूवा उद्यमीहरुविच लगानी साझेदारीमा ‘उद्यमी युवा समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम सञ्चालन गरिने बताए ।
साथै उनले समग्र खेलकुद क्षेत्रको विकासका लागि खेलकुद क्षेत्रको निति, कानून, संरचना र पूर्वाधार निर्माणमा सरकारले जोड दिएको बताए ।
सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदहरुको आयोजना र खेलाडीहरुलाई प्रोत्सहान गर्न र समग्र खेलकुद क्षेत्रको विकास गर्न आवश्यक बजेट छुट्याएको उल्लेख गरे ।
यद्यपी उनले यि दुबै शिर्षकमा कति रकम छुट्याएको हो भन्ने बारे केही बताएका छैनन् ।
अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट घोषणा गरेका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको…







