नेलम्बो नेपालद्वारा धम्पुसमा वृक्षारोपण


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ बाट बच्न स्वास्थ्य सामग्रीहरु विभिन्न संघसंस्थालाई वितरण गरेर चर्चामा आएको नेलम्बो नेपालले बृक्षारोपण गरेको छ । कोरोना महामारी चलेसँगै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस डाँडासँग सहकार्य गरेर वृक्षारोपण गरेको हो ।

गत वर्ष ८ सय बोट विरुवा हस्तान्तरण गरेको नेलम्बो नेपालले यस वर्ष १ हजार २० वटा डाले घाँसका बिरुवाहरु, बकाइनो १५० वटा, र्राखनियो १५९ वटा, टाँकी १५० वटा, भटमास १५० वटा, जापानीज कटुस २० वटा, इपिलिपि १०० वटा, बडहर १५० वटा र कुरिलो १५० वटा हस्तान्तरण गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
सृर्जना साँस्कृतिक परिवारको रोवहरमा अध्यक्ष रामचन्द्र भण्डारी, टोल संयोजक गोविन्द राज भण्डारी, समाज सेवी अमृत कुमार भण्डारी लगायतको नेतृत्वमा वोट विरुवा हस्तान्तरणसहित वृक्षारोपण गरिएको उनले बताए । वृक्षारोपणमा स्थानियको बाक्लो सहभागिता रहेको देवकोटाले बताए ।
उक्त टोलमा पछिल्लो समय युवाहरु आधुनिक कृषि पेशालाई अगाडि बढाएको र करिब ७० घर कुरीया मध्ये ५० प्रतिशतले बाख्रा पालनवाट राम्रो सफलता गरेको हुँदा अन्य बोट विरुवा भन्दा पनि खेर गईरहेको पाखोमा डालेघाँसका बोट विरुवाको माग गरि वृक्षारोपण गरिएको साँस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले बताए ।
नेलम्बो नेपालले आफ्नो टोलमा वातावरण सम्बन्धी वर्षेनी वातावरण सरसफाईका लागि फोहोर मैला व्यवस्थापन टोकरी, वातावरण संरक्षणको लागि वृक्षारोपण, स्वास्थ्य सम्बन्धी औषधीको उपलब्धताले दुर्गम गाउँलाईपनि सरलता पु¥याएकोमा नेलम्बो नेपाल प्रति टोल संयोजक गोविन्द राज भण्डारीले धनयवाद व्यक्त गरे । उनले आगामी दिनमा नेलम्बो नेपालबाट सहयोगको अपेक्षा गरेको बताए ।

उक्त बोट विरुवा नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले साँस्कृतिक परिवारका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेको थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।