पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षमा करको दरमा ब्ृद्धि नगर्ने भएको छ । महानगरको पाचौं नगर सभामा महानगर प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा करको दर बृद्धि नगर्ने जनाएका हुन् ।
जिसीले कोभिडको महामारीले पिल्सिएका आम पोखरावासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि गर्ने प्रस्ताव नगरिएको बताए । तर सबै प्रकारका कर दस्तुर तथा शुल्कहरुलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटिहरु सच्याउने प्रयास भने गरिने उनले बताए ।
महानगरले सम्पत्तिको मूल्यांकनको आधारमा सम्पत्ति करलाई प्रगतिशील करको रुपमा परिचालन गर्ने जनाएको छ । अत्यावश्यक नभई सम्पत्ति कर नतिर्ने (नन्फाइलर)हरुलाई सालवसाली सम्पत्ति कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्पत्ति करको मूल्यांकन प्रक्रियालाई थप वैज्ञानिक बनाइने महानगर प्रमुख जिसीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





