साङ्केतिक तस्विर
तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







