पोखरामा विद्यालयको पर्खाल भत्किएर एकको मृत्यू


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यू भएको छ । पोखार महानगरपालिका वडा नम्बर १३ बाँझापाटनस्थित बालकल्याण माविको पुरानो पर्खाल भत्काउने क्रममा पर्खालले थिचेर एक जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा भारत बेतिया जिल्ला वसन्तपुर घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्ने २० वर्षिय रितेश रामको मृत्यू भएको हो ।

विद्यालयको पर्खाल भत्किएर थिचिएका रितेशलाई तत्काल उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएपनि उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।