स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले स्याङ्जाका दुई वटा नगरपालिकामा कार्यालय खोलेको छ ।
यही चैत्र १३ गते गल्याङ्ग र १५ गते चापाकोट नगरपालिकामा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याइएको जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए ।
गत आइतबार गल्याङ नगर पार्टीको नगर कार्यालय उद्घाटन र गल्याङ नगर कमिटीलाई पुर्णता दिएको छ । गल्याङ्ग नगरको अध्यक्षमा गोपाल प्रसाद अर्याल, उपाध्यक्ष पुर्णकला भट्टराई र हरिमोहन भण्डारी, सचिब शिव भट्टराई, उपसचिव इ. प्रमोद गैरे, शिवलाल अर्याल, कृष्ण अधिकारी गरी ३३ सदस्यीय नगर कमिटी विस्तार गरिएको जिल्ला सचिव टिकाराम नेपालीले बताए ।
त्यसैगरी मंगलबार चापाकोट नगरको कार्यालय स्थापना गरिनुका साथै नगर कमिटीलाई पुर्णता दिईएको जनाइएको छ । चापाकोट नगरकमिटीमा सिताराम गैरे अध्यक्ष, उपाध्यक्ष मन बहादुर थापा र भरत पंगेनी, सचीव रेशमराज ढकाल, उपसचिवहरु भिमलाल पुरी,सुदर्शन घिमिरे,सरिता ढकाल सहित ७५ सदस्यीय नगर कमिटी गठन गरिएको एस का जिल्ला उपाध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







