साताको सुरुआतमा गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको संभावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा गण्डकी प्रदेशका धेरै स्थान स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।
साताको मध्य तथा अन्त्यमा प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा संभावना छ।
साताको सुरुआतमा प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेशका केही स्थान १/२ स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ।
उच्च पहाडी तथा हिमाली भू–भाग साताको सुरुआतमा प्रदेशका धेरै स्थान हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेशका केहीस्थानमा हल्कादेखि मध्यम हिमपातसमेत संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने संभावना छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






