जब श्रावण लाग्छ, अनि हरियो बस्त्र र हरित श्रृङ्गारका बिषयमा कुराहरू बढी चल्न थाल्छन् ! प्रकृति स्वयं हरियालीपूर्ण भएको यो समय प्रकृति मात्रै नभएर मानिसहरू पनि हरियै भएर हिडेको देख्न पाइन्छ, तर यो हरियालीले पुरुषहरू होइन महिलाहरु मात्र सजिएका हुन्छन् ! सामाजिक संजालहरु समेत हरियो रङ्गबाट सुसज्जित फोटोहरुले भरीएका देखि लिएर केही शब्द खेलाउन जान्ने हरु यही हरियो रङ्गका बिषयमा आ(आफ्ना तर्कहरु पस्की रहेका भेटिन्छन् र म आफू पनि केही हदसम्म यही हरीयालीमा मिसिएर केही लेख्दैछु ।
मलाई सम्झना भएसम्म श्रावण महिनामा तिहिरे९ मेहन्दी ०भनेको, महिला र पुरुष दुबैले हातभरी लगाउने परम्परा त थियो नै तर हरियै हुनुपर्ने भन्ने थिएन । अर्थात हरियो रङ्गपनि अरु रङ्ग सरह सामान्य नै थियो । यसले कुनै बिशेष समय को बिशिस्टिकरण हासिल गरेको थिएन । अहिले आएर आधुनिकता सँगै पहिले चुरा अनि बिस्तारै पोषाक र पछिल्ला दिन हरु मा त श्रृङ्गारका सामान मा समेत हरियो रङ्गलाई विशेष महत्त्व दिन थालिएको छ ।
के श्रावण त्यो महिना हो जतिबेला हरियो रङ्ग अपरिहार्य छ रुएउटा तर्क सङ्ग म पनि थोरै सहमत थिए कि प्रकृति हरियो भएको बखत कोही कोहीले आफुलाइ पनि प्रकृति को समिपमा राख्नका निम्ति हरियो रङ्ग प्रयोग गर्न शुरु गरे होलान तर त्यो पनि मान्न सकिएन किनकि यो सिद्धान्त महिला विशेषको हकमा मात्र लागू हुन नपर्ने । साँच्चै सम्पुर्ण मानवका लागि भए पुरुषहरूले पनि त्यो सिद्धान्त अबलम्बन गर्नुपर्ने होइन र ?
अर्को कुरा कतिपय बुज्रुक भनिएका महिलाहरुले महिलाको हरित श्रृङ्गार लाई सामान्य रूपमा लिइनुपर्ने वा यसैमा ,टीका टिप्पणी किन जस्ता सबालहरु उठाएको देखिन्छ। हामी आफुले आफुलाइ बुज्रुक भन्न रुचाउँछौं भने हाम्रो दायित्व पनि होइन र समाजले अपनाएका कुरा हरु लाई मसिनो गरि विशेषण गरि सत्य तथ्य हरु पत्ता लगाउनु र सहि चलनचल्तीहरु मात्र अबलम्बन गर्न सुझाव दिनुपर्ने ११समयानुकूल परीमार्जन आबस्यक परेमा परिमार्जन गर्न का निम्ति संबंधित ठाउँमा आवाज उठाउनु पर्ने र परिमार्जित गर्नुपर्ने र?
कतिपय अबस्थामा यस्ता आदि कुरा हरुलाइ महिला स्वतन्त्रता को रूपमा लिएको पनि हामीले पाएका छौँ। हो अहिले को समयमा जो कोही पनि स्वतन्त्र छ र स्वतन्त्र रहन पाउने उसको अधिकार पनि हो। हामी महिलाहरु स्वतन्त्र भएर स्वतन्त्रता देखाउने धेरै बिधा छन । हामीले हाम्रा ब्यक्तिगत बिकाश देखि लिएर सामाजिक रुपान्तरण का निम्ति हाम्रो स्वतन्त्रता लाई उपयोग गर्न सक्छौं । हामी सृजनात्मक हुन सक्छौं र अरुका निम्ति उदाहरण र प्रेरणाको श्रोत बन्न सक्छौं भने त्यस्ता अनुत्पादक क्षेत्रमा किन भुलिरहेका छौं ।
यसको अलावा श्रावण महिनामा हरियो रङ्गको बस्त्र धारण एबम हरियो श्रृङ्गारको जुन अभ्यासहरु हामी अपनाइरहेका छौं ,तिनीहरुका सत्य तथ्य गुमनाम छन् ,बास्तबिकता र बैज्ञानिकताको कुनै आधार नै छैन भने ,त्यस्ता संस्कृति लाई हामीले बिशिस्टिकरण गरेर अबलम्बन गर्नुपर्ने हुन्छ र रुहुन त यो मेरो ब्यक्तिगत बिचार हो र मलाई लागेको कुरा सबैलाई लाग्नुपर्छ भन्ने ,जरुरी छैन । मात्र मैले यहाँ उठान गर्न खोजेको कुरा, किन हरियो संस्कृति र श्रावण महिना लाई हामी त्यति बिशिष्टिकरण गर्दैछौँ जहाँ कि हामीले अबलम्बन गरेको अभ्यास् हाम्रो कुनै चलन नभएर एउटा आयातित र उपभोक्ताबदि संस्कृति मात्र हो । यस्ता फेसनेबल संस्कृतिलाई अन्धाधुन्ध पछ्याउनुको सट्टा सामान्य रूपमा लिदै आफ्नै मौलिकतामा रमाउनु राम्रो हुन्छ ।
कहिलेकाहीँ यस्ता परम्पराले सकारात्मक उर्जा दिने र आत्मसन्तुष्टि प्राप्त हुने पनि हुन्छ्न।,यस्तो अबस्थामा यी अभ्यास हरु ठिक पनि हुन सक्छन् जस्तो कि हरियो बस्त्रादी ले श्रीमान को आयु बढछ वा शिव जि प्रसन्न हुनुहुन्छ भन्ने आस्था जगृत हुँदा मनोबैज्ञानिक रूपमा एक महिला प्रफुल्लित हुने साथै श्रीमानलाइ पनि श्रीमती बाट बढी माया पाएको आभास हुन्छ यस्तो अवस्थामा यी अभ्यास हरुका सकारात्मक परिणामहरु देखिन सक्छन् ।यस्ता कुराहरू ब्यक्ति विशेष र उसको चेतना स्तरमा भर पर्ने कुरा हो।
त्यसैगरी हाम्रा परम्परा एबम संस्कृति हरु परिवर्तनशिल छन् नै तर परिवर्तनको नाममा आयातित संस्कृति लाई अन्धाधुन्ध अवलम्बन गर्ने प्रवृत्तिले मौलिक संस्कृती लोप हुने संभावना रहन्छ साथै आयातित परम्परा पछ्याउने होडमा स्वदेशी पूंजीसमेत बाहिर जान सक्छ । श्रावण महिना र हामी नेपाली नारीको यो फेसनको रुप लिइरहेको हरित संस्कृति सङ्ग जोडिएको आर्थिक पाटो पनि त्यत्तिकै गहन छ।हाम्रो मुलुक अहिले को परिप्रेक्ष्यमा आर्थिक रूपमा जर्जर अवस्था मा गुज्रीरहेको छ ।हामीले गर्ने हरित श्रृङ्गार का जति पनि सामाग्री हरु छन् सबै नै बिदेशी छन । हामीले धारण गर्ने हरियो टीका मात्र सम्मपनि हामीले स्वदेशमा उत्पादन गर्न सकिरहेका छैनौं । यस्तो अबस्थामा हामीले आयातित बस्तुलाइ प्रश्रय दिदै खर्चिला र भड्किला चलनहरु पछ्याउँदा एकातिर हाम्रा चलनहरु आर्थिक रूपमा बोझिला हुनुका साथै, हाम्रो पूंजी बिदेशिने हाम्रो स्वदेशी पूंजीमा ह्रास आउने कुरा पक्का छ। त्यसैले मेरो मात्र अनुरोध के छ भने जून संस्कार र संस्कृति हामी अवलम्बन गरीरहेका छौं वा गर्न खोज्दै छौ,अलिकति भनेपनी बुज्रुक भनिने महिला हरुले त्यसलाई विश्लेषण गर्न जरुरी छ । यसलाई नारी स्वतन्त्रता सङ्ग जोडेर हेर्नुहुन्छ भने मेरो भन्नू केही छैन । मात्र मेरो सुझाव के छ भने नारी स्वतन्त्रताका धेरै पक्षहरु छन् ,कृपया आफ्नो स्वतन्त्रतालाई सकारात्मक बिकास तिर प्रयोग गरेर हेरौं । आफ्नो र समाजको सकारात्मक परिवर्तनका निम्ति लागौं । बिना अर्थका र तथ्यहिन कुरामा स्वतन्त्रतालाई नजोडौ । समाज हामीले बदल्ने हो सहि तरिकाले बदल्न का निम्ति योगदान गरौं ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय…






