प्रेस काउन्सिल सञ्चार अनुगमनमा सक्रिय


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी प्रेस काउन्सिल नेपालले मिडिया अनुगमनलाई तीव्र बनाएको छ।

काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चार माध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको काउन्सिलले जनाएको छ।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाइ काम सुरु गरेको छ। काउन्सिलले मंगलबार अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको जनाएको छ।

यसअघिका आम निर्वाचनमा समेत तथ्यांक प्रशोधनसहित अनुगमनको अनुभव संगालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन, अनुगमन विधिबारे अभिमुखीकरण कार्यक्रम गरेको छ।

काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको जनाएको छ।

पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन समेत भइरहेको छ। यसअघि काउन्सिलले २०६४ को संविधान सभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचन र २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी यसअघि प्रतिवेदन सार्वजनिक गरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।