नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७।६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
आर्मी क्लबकी लक्ष्मी थारुले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकद प्रतियोगितामा बनाएको ४५।२७ मिटरको कीर्तिमान भङग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
सो स्पर्धामा लक्ष्मीले ४५।४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । कास्य जितेकी एपीएफकी सीमा चौधरीले ४५।२० मिटर थ्रो गरिन् । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







