आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलंघन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार–प्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो।
फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार–प्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचार–प्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







