ड्याम साइड क्लबको तिहार विशेष साँस्कृतिक साँझ भोलि

- एभरेस्टकर्मी श्रेष्ठ सम्मानित हुँदै


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०७९ मा प्रकाशित




पोखरा । ड्याम साइड क्लवले एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।

पोखरा–१७ मा रहेको क्लवले तिहारको अवसरमा आइतबार आयोजना गर्ने तिहार विशेष साँस्कृतिक साँझका अवसरमा एभरेस्ट एफएमका कार्यकारी निर्देशक तथा एभरेस्ट आवाज डटकमका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष श्रेष्ठलाई सम्मान गर्ने भएको हो ।

पत्रकार श्रेष्ठलाई १५ हजार पाँच सय ५५ नगर सहित सम्मान गरिने प्रतिभा छनौट समितिका संयोजक केशवराज बरालले जानकारी दिए । यसअघि संस्थाले पाँचौं संस्करणमा पर्यटनविज्ञ हरिध्वज तुलाचनलाई सम्मान गरेको थियो ।

साँझ ४ वजेदेखी ९ वजेसम्म हुने साँस्कृतिक साँझमा कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक पदम बहादुर ढकालले बताए ।

खेलकुद, वातावरण, पर्यटनका क्षेत्रमा सक्रिय क्लबले ‘संस्कृतीको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं’ भन्ने नाराका साथ सांस्कृतिक साँझ गर्न लागिएको क्लबका अध्यक्ष प्रताप गुरुङले बताए ।

२०५९ सालमा स्थापना भएको क्लवले फुटबललाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी क्लबलाई चिरपरिचित बनाउन सफल भएको वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद बरालले जानकारी दिए ।

यसका साथै क्लवले विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका खेलाडीहरुलाई निशुल्क फुटबल प्रशिक्षण दिइ रहेको कोषाध्यक्ष सफल थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।