आज कृष्ण त्रयोदशी अर्थात आजदेखि यमपञ्चक सुरु।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ।
चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म ५ दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ।
यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो ५ दिनको अवधिलाई यमपञ्चक भनिन्छ। यम यातनाबाट मुक्ति पाउन आजैदेखि घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन छ।
यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ।
काग तिहार
तिहार अर्थात् यमपञ्चक। यही तिहारको पहिलो दिनलाई काग तिहारका रुपमा मानिन्छ। तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म ५ दिनसम्म मनाइने तिहार पर्वको आरम्भ नै काग तिहारबाट हुन्छ। काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ। काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ।
आज धन्वन्तरी जयन्ति पनि
आजका दिनलाई देवताहरूको चिकित्सक आयुर्वेदका भगवान् धन्वन्तरिको जन्म जयन्तीका रुपमा पनि मनाइन्छ।
अर्थात, आजको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाइँदैछ। वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि नेपालमा पनि धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि यो दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउँदै आएका छन्।
वन जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती पनि मनाइँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







