पोखरा महानगरपालिका–३१ मा नेकपा एमालेको ११०१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ।
आगामी मंसीर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरेको हो।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्न एमालेलाई जिताउनुको विकल्प नभएको बताए।
उनले एमाले दु:खी र गरिवको पार्टी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे।
देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पार्टी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ। उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन्।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनीयता भएको पार्टी एमाले भएको बताए। अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउने बताए। यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग उनको आग्रह थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





