निर्वाचन आयोगलाई ३० वटा स्पष्टीकरणको जवाफ


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ।

शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी आएको आयोगले जनाएको छ। आयोगले शुक्रबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।