आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको एकैदिन लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ।
आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ।
आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। यसअघिका वर्षहरुमा यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मीपूजा मानिदै आएको थियो।
तर यस वर्ष भने भोलि अर्थात कार्तिक ८ गते बेलुकाको ४: ३३ मा औँसी तिथि सकिने र उक्त दिन सूर्य ग्रहण लाग्ने भएकाले लक्ष्मी पूजा गर्न नमिल्ने समितिले बताएको छ।
ग्रहण ४:५२ मा सुरु भइ ५:२४ मा सकिने हुँदा सोही बिहान गाई पूजा गर्न मिल्नछ।
कर्तिक ९ गते गोवर्धन पूजा, ह्म पूजा, नेपाल सम्बत २०४३ आरम्भ हुनेछ। पञ्चांग निर्णायक समितिले कात्तिक १० गते भाइटीकाको साइत बिहान ११:३७ बजे रहेको जनाएको छ।
टीका ग्रहण गर्ने दाजुभाइ पूर्वबाट पश्चिम फर्किएर बस्नुपर्ने छ भने टीका लगाइदिने दिदीबहिनी पश्चिमबाट पूर्व फर्किएर लगाउनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले बताएको छ।
कुकूर तिहार
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा–मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने जनविश्वास समेत छ।
लक्ष्मीपूजा
लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व धनकी देवी लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका ४ महत्वपूर्ण रातहरूमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरमा गएर भैलो खेल्ने चलन छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







