कास्की क्षेत्र नं २ स्तरीय शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक ११ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको आयोजनामा निर्वाचन क्षेत्र नम्वर २ स्तरीय शिक्षक भेला तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘सार्वजनिक शिक्षाको उन्नयनमा पेशाकर्मीको भूमिका’ विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रमको मुख्य वक्ता समेत रहेका राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उद्घाटन गरेका थिए ।

क्षेत्र नं. २ का संयोजक तथा जिल्ला उपाध्यक्ष बसन्धरा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका पूर्व अध्यक्ष तथा कस्केली शिक्षकका अभिभावक दीपक पौडेल, सौन्दर्यकर्मी मिना गुरुङ, सहकारी अभियन्ता तेजनारायण अधिकारी, निवर्तमान सांसद कृष्ण थापा, युवा विद्यार्थी नेता रश्मी आचार्य, स्वास्थ्यकर्मी डा छममाया पुन लगायतले बोलेका थिए ।

कार्यक्रमको उद्देश्य माथि संस्था जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजिकरण जिल्ला समितिका सह सचिव जुना थापाले गरेकी थिइन् ।

संस्थाले निर्वाचन क्षेत्र नं. ३ को शिक्षक भेला तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम शनिबार हेमजामा सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।