दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७९ मा प्रकाशित




वेभ फोटो

काठमाण्डौं । प्रहरीले दुई पाङग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ ।

तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गर्नुभएको छ ।

प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।