अधुरा कामलाई पूरा गर्छौ : वरिष्ठ नेता पौडेल


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित




नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन्।

तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग शनिबार आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा काँग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए।

‘गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, काँग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन’, पौडेलले भने, ‘विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो।’

गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे।

मंसीर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।