आज अंग्रेजी अक्टुबर महिनाको ३१ तारिक अर्थात विश्व सहरीकरण दिवस।
आजका दिन नेपाल लवायत विश्वभर विविध कार्यक्रम गरी विश्व सहरीकरण दिवस २०२२ मनाइँदैछ।
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो। सन् २०२२ को विश्व सहरीकरण दिवस नवौँ संस्करण हो।
सन् २०२२ को सहरीकरण दिवसको नारा चाहिँ Act Local To Go Global तय गरिएको छ। जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महत्त्वलाई यस वर्ष विशेष ध्यान दिइएको छ।
अक्टोबर महिनालाई अर्बन अक्टोबर पनि भनिन्छ। सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ। ‘उत्कृष्ट सहर, उत्कृष्ट जीवन’ भन्ने सोंचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो।
आज युएनहेबिट्को सहजीकरणमा चीनको साँघाई सहरमा विश्वभरिका प्रतिनिधिहरूको संलग्नतामा विश्व सहरीकरण दिवस मनाइँदैछ।
विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो समणका कारण औपचारिक कार्यक्रम भएनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







