छठपर्व सकिदैं


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




आज कार्तिक शुक्ल सप्तमी तिथि।

अर्थात, आजदेखि यस वर्षको आस्थाको महापर्व छठ सकिदैंछ।

परम्पराअनुसार आज उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सकिदैंछ। हिन्दुहरुका चाडहरुमध्ये यो एक महत्वपूर्ण चाड हो। प्राकृतिक तथा सर्वश्रेष्ठ शक्तिका रुपमा गरिने पूजा तथा आराधना छठ पर्वको विशेषता हो। विधिवत रुपमा विभिन्न कार्यक्रमहरु एकपछि अर्को गरी सम्पन्न गर्दै छठपर्वको सम्पन्न गरिन्छ।

छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।