पीएम कप : पुलिसको सुखद सुरुवात


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनले हरायो।

पुलिसले दिएको २९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो।

बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए। रामनरेश गिरीले २२, प्रतिशत जिसीले १४ र नन्दन यादवले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। करण केसीले २ गुलसन झा र सागर ढकालले २/२ विकेट लिए। यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेटको क्षमता २८९ रन बनाएको थियो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १०८ रनको सतकीय इनिङ्स खेले। कुशल भुर्तेल र सुनिल धमलाले समान ३७/३७, आरिफ शेखले ३६, योगेन्द्र सिंह कार्की १६, पवन सर्राफले अविजित १५ रन र दिलीप नाथले अविजित १२ रन बनाए।

बागमतीका नन्दन यादवले २ तथा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले १/१ विकेट लिए। पुलिसका दीपेन्द्र ‘प्लेयर अफ दि म्याच’ घोषित भए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।