माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




मंसीर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दैछन्।

माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको जनाएको छ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उठाएको जनाएको छ।

एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ। नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ।

विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ ।
यस्तै, राप्रपाले बिहान साढे ११ बजे नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ। नेपाली काँग्रेसले अस्ति (शनिवार) घोषणापत्र सार्वजनिक गरिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।