पर्यटन र जलविद्युतलाई गौरवको योजना बनाउछु: जल बहादुर पुर्जा पुन


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बतमा सम्भावना भएका पर्यटन र जलविद्युतलाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले आफ्नो उम्मेदवारी आर्थिक विकास र भ्रष्टचार मुक्त समाज बनाउनु रहेको बताए ।

पर्वतले पर्यटन र विद्युतको क्षेत्रमा प्रचुर सम्भावना बोकेको र त्यसको पहिचान गरि अघि बढाउन सके जिल्लाको आर्थिक उन्नति हुने उनको भनाइ छ ।

घरदैलो अभियानमा हिडेका उनले आफुले विजयी हासिल गरेका पर्वतको मुहार फेर्नका लागि निस्वार्थ रुपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘पर्वत जिल्लामा सम्भावना भएका जलविद्युत र पर्यटनका आयोजनाहरुलाई राष्ट्रि गौरवको आयोजनाको रुपमा अगाडी सार्नेछु’ उनले भने । साथै पर्वतलाई जडिबुटिको हबको रुपमा समेत विकास गर्ने लक्ष्य आफ्नो रहेको उनले सुनाए ।

पर्यटन,जलविद्युतका साथै जडिबुटि उत्पादन गरी स्थानीयहरुलाई व्यसायी बनाउने उनको भनाइ रहेको छ । पर्वतमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटामात्रै रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।