राहदानी किर्ते मुद्दामा कास्कीका नगेन्द्रराज अधिकारी पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




राहदानी किर्ते मुद्दामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकारीलाई पक्राउ गरेको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ सेराचौर स्थायी घर भएका ४६ वर्षीय अधिकारी ६ वर्षदेखि राहदानी किर्ते मुद्दामा फरार थिए।

आफ्नै भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खातालगायतको कागजात तयार गरी साइप्रस गई पुन: अमेरिकामा बस्दै आएका अधिकारी नेपाल आएको सूचनाका आधारमा प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो।

अधिकारीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।