पोखरा । राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन ।
क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा होमिएको कुरा बताउदै भण्डारीले क्षेत्र नम्वर २ का मतदाताहरुको समस्या सुन्दै घर दैलौ कार्यक्रम शुरु गरेका छन ।
जनताको समस्या समाधान गर्ने उनले घरदौलोमा बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा आफु विजय भएमा यस क्षेत्रको बिकासको निम्ति आफुले कुनै कसुर बाकी नराख्ने र राज्यबाट पाईने सेवा सुबिधा आफुले नलिने र त्यो रकम बिपन्न वर्गको उत्थानको लागी उपयोग गर्ने जानकारी दिए ।
देश विकासको लागी युवा नेताको खाँचो परेको कारण आफु चुनावी मैदानमा होमिएको भण्डारीले जतालाई सुनाए । उनले रोजगारीको, शिक्षा, स्वास्थ्य लयातको क्षेत्रमा जनताको समान पहुँच बनाउको लागि उम्मेद्धावरी दिएको जानकारी दिए ।
चुनावी अभियानमा मतदाताको हौसाला पाउनको साथै आफ्नो क्षेत्रको समग्र विकासको लागि आग्रह गदै विगतका दिनमा राजनितीक पार्टी र नेताहरुले झुटा सपना देखाएका र विकासका काम केही नगरेको अव युवा नेताको हातमा राज्य सत्ता पुग्नुपर्ने भन्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।
भण्डारीले २७ वर्षको उमेर नै प्रदेश सभाको लागि उम्मेदवारी दिएको हुन । उनले उक्त क्षेत्रको आफु कान्छो र विकासको भिजन सहितको उम्मेदवार रहेको दावी गरेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





