प्रधानमन्त्री देउवा धनगढीमा


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् ।

आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए ।

उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । देउवा हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।