कास्की–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधवप्रसाद कँडेलले भ्रष्टचार हटाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन्।
पोलिटिकल साइन्स सोसाइटी नेपालले आयोजना गरेको संघीय तथा प्रदेश सभाका उम्मेदवारहरुसँगको बहस कार्याक्रममा कँडेलले नेपालको शिक्षा अन्तराष्ट्रियस्तरको बनाउन लागि काम गर्ने, गुणस्तरीय शिक्षाले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने, शिक्षकलाई सुविधा अन्यलाई भन्दा फरक गर्ने आफ्नो योजना रहेको सुनाए।
अहिलेसम्म व्यवस्था परिर्वतन भएको आफूले जितेमा जनताको अवस्था परिर्वतन गर्ने धारणा राखेका छन्। अहिलेसम्मका शासकले जनताको अवस्थामा ध्यान नदिएको उनको धारणा छ।
साथै, उनको घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा आफूले काम गर्न आफ्नो उम्मेदवारी दिएको बताए। पार्टीको एजेण्डाअनुसार आफूले काम गर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले नेताहरुले नै देशको उद्योग बेचेर र चुनावमा जनता भुलाउन रोजगारी दिने नारा लगाउँदै हिँडेको धारणा राखे।
देशका ठूला पार्टीले नै राजनीतिलाई पेशा व्यवसाय बनाएको उनको आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएमा स्वास्थ्य शिक्षा जस्ता सेवाहरु निस्शुल्क र सबै जनताको पहुँचमा हुने श्रेष्ठको दावी छ।
उनले गाउँ–गाउँका प्रत्येक स्वास्थ्य केन्द्रमा डाक्टर हुनुपर्ने भन्दै अहिलेका नेतामा देश विकास गर्ने योजना नै नभएको दावी गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







