पोखराको पुम्दी–भुम्दीमा एमाले उम्मेदवारको स्वागत


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित




कास्की–३ अन्तर्गतको वडा नं २२ स्थित पुम्दीभुम्दीमा त्यहाँका स्थानीय मतदाताले नेकपा एमाले उम्मेदवारहरुलाई स्वागत गरिएको छ।

वडाका विभिन्न कमिटीहरुले एमाले उम्मेदवारहरुलाई टोल–टोलमा भव्य स्वागत गरेका हुन्।

विभिन्न टोलमा पुगेका एमाले उम्मेदवारहरुलाई त्यहाँका जेष्ठ नागरिकहरुले विजयीको आर्शिवाद समेत प्रदान गरे।

कास्की–३ ‘ख’ प्रदेस सभा उम्मेदवार राजीव पहारी तथा प्रतिनिधीसभा उम्मेदवार दामोदर बैरागी त्यहाँ पुग्दा पुम्दी–भुम्दीका जनताहरुको उत्साहजनक सहभागिता जनाए। उम्मेदवारहरुको आगमनले आफूहरुमा उत्साह थपिएको त्यहाँका जनताहरुले बताए। एमालेनै विकास र परिवर्तनको संवाहक भएकाले यसपटक एमालेलाई नै विजयी गराउने उनीहरुले प्रतिबद्धता थियो।

निवर्तमान सांसदसमेत रहेका उम्मेदवार राजीव पहारीले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्यहरुको थालनी गरेपनि पहिला कोभिड समस्या र पछि सरकार ढलेका कारण ति कार्यहरु पूरा गर्न नपाएकोबारे आफूहरुले राम्ररी बुझेको सुनाए।

अपूरा ति योजनाहरुलाई मूर्तरुप दिन पनि फेरी एमालेलाई नै जिताउनेमा आफूहरु प्रतिवद्ध रहेको जनताहरुको भनाई थियो।

उम्मेदवार पहारीसहित अन्य उम्मेदवार नै आफूहरुको आशा र भरोसाको केन्द्र भएको सुनाउँदै आफ्नो वडामा एमाले उम्मेदवाहरुलाई मतदान गर्ने उनीहरुले प्रतिबद्धता जनाए।

मतदाताको स्वागत र न्यानो मायाले आफूहरुमा उत्साह मिलेको उम्मेदवार पहारीले बताए ।

‘यहाँहरुको आतिथ्यताले हामीलाई थप उर्जा मिलेको छ, म जनसेवक हुँ, फेरी जितेर तपाईहरुको सेवा गर्न आउने छु’, उम्मेदवार पहारीले भने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।