नेपाली काँग्रेस गण्डकी प्रदेशले थाल्यो जिल्ला भ्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित




नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ।

प्रदेशका सभापति शुक्रराज शर्मासहितको टोली गठबन्धनलाई जिताउन बुधबारबाट कार्यक्रमहरु लिएर भ्रमण सुरु गरिएको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराएका छन्।

गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउनेतर्फ ध्यान केन्द्रीत हुन आग्रह गरे।

नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन्।

उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्न नेता सिवाकोटीले आग्रह समेत गरे।

नेता सिवाकोटीले त्यस्ता ब्यक्तिहरुको बारेमा गाउँ, तह हुदै जिल्लाबाट केन्द्रीय कमिटीमा समेत कुरा आइपुगेको जानकारी गराए। अरुको उक्साहटमा लागेर पार्टीलाई क्षति पुर्‍याउने काममा नलाग्न सिवाकोटीको आग्रह थियो। त्यस्तो गरेको पाइएमा पार्टीको सदस्य समेत नरहने गरी कारवाही हुने उनको भनाई थियो।

नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सीमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको मुख्य कारण पटक–पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेका कारण यो जनमतका लागि गठवन्धनको निर्माण भएको उल्लेख गरे।

कार्यक्रममा सहभागी नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको सुनाए। हिँजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधी तपाइँ हाम्रो सेवक हुने शर्माले बताए।

सभापति शर्माले हिँजो समस्या लिएर जनताहरु नेताकोमा धाउने प्रचलन भएपनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने उल्लेख गरे।

‘यो भन्दा पहिलो समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो’ भन्दै सभापति शर्माले भने ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन्।’

सभापति शर्माले नेपाली काँग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिए।

‘अब हामीले ब्यक्ति केन्द्रीत बिकासलाई प्राथमिकता नदिने हो भने देशको विकास नहुने’ भन्दै ‘देशको बिकास गर्न ब्यक्तिसँग भएको क्षमतालाई फ्लो गर्ने, ब्यक्तिको समस्यालाई संबोधन नगरी ब्यक्तिको जिवनमा परिवर्तन नआउने। ब्यक्तिको जीवनमा परिवर्तन नआइकन बिकासको अनुभुती नहुने रहेछ’ शर्माले उल्लेख गरे।

सभापति शर्माले अबको ५ बर्षभित्र चुनाव जितेर गएकाहरुले जनताको जीवन शैलीमा कति परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने बातावरणको सिर्जना गरिएको पनि बताए।

त्यसैगरी उनले राष्ट्र बनाउन व्यक्तिले आफूभित्र रहेको अपार क्षमताको सदुपयोग गरेर अगाडी बढ्न सकेमा समाज र राष्ट्रको विकास हुने चर्चा गरे।

उक्त कार्यक्रममा प्रदेशका सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरे।

त्यस्तै, नेपाली काँग्रेस गण्डकी प्रदेश सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाशबाबु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनीत गरेको थियो।

पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार–प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणी बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीलगायतका कार्यकताहरुको उपस्थिती थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।